८ वटै अध्यादेश जारी


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ८ वटै अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले ७ अध्यादेश पारित गर्नुभएको थियो भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता गर्नुभएको थियो ।

तर मन्त्रिपरिषद् बैठकले फेरि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि हिजो मंगलबार राष्ट्रपति पौडेलले उक्त अध्यादेश पनि जारी गर्नुभएको हो । प्रधानमन्त्री बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले ८ वटा अध्यादेश ल्याएको थियो ।

संवैधानिक परिषद् अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश जारी भएको हो ।