राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

सोमबार दिउँसो २ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गरिएको हो ।

मंगलबार मात्रै सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।