स्टुडियो साउन्ड मिलको प्रस्तुतिमा लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ भावनात्मक गीत सार्वजनिक गरिएको छ।
नरेश प्रधानको शब्द र सूर्य कश्यपको संगीतमा तयार भएको न त तिम्रो बोलको गीतले प्रेम, विछोड र सम्झनाको कथा प्रस्तुत गर्दछ। गीतमा देवेन्द्र नेवाले संगीत संयोजन गरेका छन् भने महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। साउन्ड मिल स्टुडियोमा रेकर्ड गरिएको गीतको परियोजना निर्देशन गायिका बुनु श्रेष्ठ हुन्।
गीतको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्। भिडियोमा नरेन खड्का र करिश्मा श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन्। उत्सव दाहालको छायांकन र विकास धमलाको सम्पादन रहेको गीत स्टुडियो साउन्ड मिलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।











प्रतिक्रिया