प्रियंकाको मास्टर्नी ८ भाषामा


अभिनेत्री प्रियंका कार्कीको निर्माणमा निर्माणाधीन फिल्म मास्टर्नी बहुभाषिक रिलिजको तयारीमा रहेको छ।

निर्माण टिमले फिल्म नेपालीसहित ८ भाषामा प्रदर्शन गर्ने लक्ष्य राख्दै भारतको मुम्बईमा पोष्ट प्रोडक्सनको काम गरिरहेको छ।

आगामी भदौ १२ गतेका लागि रिलिज डेट तोएिको फिल्म नेपालीस“गै हिन्दी, बंगाली, तमिल, तेलुगु, मलयालम, भोजपुरी र पञ्जाबी भाषामा रिलिज गर्ने तयारी भइरहेको छ। नेपाली फिल्मलाई एकैपटक यति धेरै भाषामा ल्याउने प्रयासले मास्टर्नीप्रतिको उत्सुकता थपिएको छ।

भारतीय निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्ममा प्रियंका कार्कीका साथै सरोज खनाल, ऋचा शर्मा, आर्यन सिग्देल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, सिम्रन खड्कालगायत कलाकारले अभिनय गरेका छन्।

प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीद्वारा निर्माणाधीन फिल्ममा सुरक्षा सिंह मलहोत्रा कार्यकारी निर्मात्री रहेकी छन्। फिल्मको कथा स्वयं प्रियंका कार्कीले तयार पारेकी हुन् भने सान बस्नेतको पटकथा तथा प्रियंका कार्की र सान बस्नेतको संवाद रहेको छ।