गायक युवराज चौलागाईंको स्वरमा दिल जलाउनेसँग बोलको गीत म्युजिकल भिडियोहित सार्वजनिक गरिएको छ।
रमेश क्षेत्री र प्रजन बस्नेतले संयुक्त रूपमा लेखेको गीतमा ऋषि खड्काको संगीत रहेको छ भने विशाल निरौलाले एरेन्जमेन्ट गरेका छन्। गीतको भिडियोमा कथा रमेश क्षेत्रीको रहको छ भने निर्देशन पनि उनैले गरेका छन्।
भिडियोमा प्रेम, भावना र समसामयिक कथावस्तुलाई आकर्षक ढंगले प्रस्तुत गरिएकोे छ। भिडियोमा कलाकारहरूको अभिनय र दृश्य संयोजनले गीतलाई थप जीवन्त बनाएको छ।
सार्वजनिक गीतमा अञ्जली अधिकारी र रमेश क्षेत्रीको अभिनय रहेको छ। भिडियोको छायाकन दीपक गिरीले गरेका हुन् भने सम्पादन, कलर र ग्राफिक्स मनोज कार्कीको छ। गीत रमेश क्षेत्री युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।











प्रतिक्रिया