कला, फिल्म र साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि बुधबार कलाकर्मीहरूले माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।
समुदायको धारणा नसुनी केवल एक व्यक्तिको विरोधका आधारमा उच्च अदालत पाटनले आगामी वैशाख १८ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्म लालीबजारकोे रिलिज तीन दिनअघि गत वैशाख १५ गते रोक लगाउनुले अभिव्यक्ति र कलात्मक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको कलाकर्मीहरूले जनाएका छन्।
यस्ता घटनाहरू दोहोरिन नदिन र सृजनशील क्षेत्रको स्वतन्त्रताको रक्षा गर्न नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ तथा नेपाल चलचित्र निर्देशक समाजले साझा ऐक्यबद्धता जनाउ“दै अदालतको निर्णय एकतर्फी भएको भन्दै विरोध जनाएका हुन्।
शान्तिपूर्ण र मर्यादित विरोध कार्यक्रममा कलाकर्मीहले हातमा कालो पट्टी बा“धेर १५ मिनेटसम्म मौन प्रदर्शन गरेका थिए।
त्यसपछि आयोजित कार्यक्रममा निर्माता संघका अध्यक्ष उदय सुब्बा र महासचिव खगेन्द्र लामिछाने, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक अशोक शर्मा, मनोज पण्डित, गणेशदेव पाण्डे, निश्चल बस्नेत, सुयोग गुरुङ, रौनक विक्रम कडेललगायतले आफ्नो धारणा राख्दै फिल्मबारे निष्कर्षमा पुग्नुअघि यसको विषयवस्तु राम्रोसग बुझ्नुपर्नेमा जोड दिए ।











प्रतिक्रिया