बुटवल।
रुपन्देहीको देवदह १० मा बुधवार बिहान करिब ९ बजे ईभी माइक्रो र माइक्रो बस एक आपसमा ठोक्किँदा पदम रायमाझी र रानी कुमारी खत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा परि घाइते भएका २७ जना मध्ये ईभी माइक्रोमा सवार बर्दघाट ६ नवलपरासी की रानी कुमारी खत्री र पदम रायमाझीको उपचारको क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको देवदह मेडिकल कलेजले जनाएको छ ।
करिब ९ बजे वागमती प्रदेश ००ख ८९२८ नम्बरको नारायणगढदेखि बुटवल तर्फ आइरहेको ईभि माइक्रो र बुटवलदेखि बर्दघाट तर्फ गइरहेको लु१ ख ७२८५ नम्बरको बुटवल बर्दघाट चल्ने माइक्रो बस दुर्घटना भएको हो। अन्य घाईतेरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तीव्र गति तथा ट्राफिक सिग्नलका कारण निमार्ण भइरहेको बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत दुर्घटना भएको स्थानमा दोहोरो बाटो संचालनमा रहेको भएता पनि ईभी माइक्रो गलत बाटो प्रयोग गरेको थियो । सडक निमार्ण कम्पनी चाइना स्टेट कम्पनीले ठाउँ ठाउँमा डाईभर्सन एरो सिग्नल नराख्दा पनि दुर्घटनामा बढी भैरेकोले ठाउँ ठाउँमा ट्राफिक सिग्नल राख्नु पर्ने प्रत्यक्षदर्शिले बताए ।सबै प्रकारका दुर्घटना न्यूनिकरणको लागि सरोकारवाला सबैले प्रयास गर्न जरुरी देखिन्छ ।











प्रतिक्रिया