वैशाख १६ गते बुधबार,यस्तो छ तपाईंको राशिफल


मेष : दिन शुभ फलदायक छ । सानै प्रयासमा आर्थिक लाभ, खेल–परीक्षामा सफलता हुन सक्छ ।

वृष : दिन अनुकूल भएकाले काममा सफलता, सन्तान–सुख, धन प्राप्तिको सम्भावना देखिन्छ ।

मिथुन : तपाईंका लागि समय शुभ देखिँदैन । पाचनमा समस्या, परिवारिक विवाद हुन सक्छ ।

कर्कट : समय शुभ भएकाले आर्थिक लाभ होला । सम्मान बढ्ने, धेरै खुशी हुने सम्भावना छ ।

सिंह : दिन उत्तम छ । सानै प्रयासमा पनि धन लाभ हुन सक्छ । सुख–सन्तोष हुने देखिन्छ ।

कन्या : समय शुभ भएकाले धन, कोसेली, पुरस्कार प्राप्तिका साथै मिष्ठान्न भोजनको सम्भावना छ ।

तुला : अस्वस्थता, इष्टमित्रसँग विवाद, चोटपटकको सम्भावना भएकाले सजग रहनु बेस हुन्छ ।

वृश्चिक : समय शुभ छ । विविध वस्तु वा सेवाको लाभ, मिष्ठान्न भोजन प्राप्तिको सम्भावना छ ।

धनु : दिन उत्तम फलदायक छ । थोरै परिश्रमले काममा सफलता, क्षमता वृद्धि हुने देखिन्छ ।

मकर : तपाईंका लागि समय शुभ छ । राजनीतिज्ञबाट लाभ, कार्य सफल, मान वृद्धि हुन सक्छ ।

कुम्भ : दिन शुभ देखिँदैन । अस्वस्थता, काममा व्यवधान हुन सक्छ । सजग रहनु नै बेस हुन्छ ।

मीन : तपाईंका लागि समय शुभ छ । धन लाभ, समस्या समाधान, कार्य सफलता हुने देखिन्छ ।