सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न साकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिस


काठमाडौँ।

सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मन्त्रिपरिषद्‌बाट दुई अध्यादेश सिफारिस भएर आएको बताए।