आगामी जेठ ८ गते रिलिजमा आउने फिल्म मितज्यूमा समावेश गीत भुनभुन माहुरी आइतबार ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। लोकलयमा आधारित गीतको भिडियोमा सौगात मल्ल, दयाहाङ राई र रुषा न्यौपानेको आकर्षक नृत्य र जीवन्त अभिनय देख्न सकिन्छ। दोहोरी स्वादमा तयार गरिएको गीतले तीन पात्रबीचको प्रेम, नोकझोक र आत्मीय सम्बन्धलाई रमाइलो ढंगले प्रस्तुत गरेको छ। टाढा भइस् नभन त कहिले, तिमीसगै छु सानु म जहिलेजस्ता शब्दले गीतमा मिठास थपेका छन्।

गीतमा शब्द तथा संगीत श्रीकृष्ण बम मल्लको रहेको छ भने उनीसगै लक्ष्मी मल्लले स्वर दिएकी छन्। ङिमा डी लेप्चाको कोरियोग्राफीमा तयार पारिएको भिडियोमा तीनै कलाकारको समन्वय आकर्षक देखिन्छ। दोहोरी साझको परिवेशमा छाया“कन गरिएको गीतले ग्रामीण संस्कृतिको झल्को दि“दै दृश्यलाई थप जीवन्त बनाएको छ।
फिल्ममा सौगात मल्लको फरक लुक्स पनि दर्शकका लागि नया“ आकर्षण बन्न सक्नेछ। दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरसहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारले अभिनय गरेको फिल्ममा तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु पाएकी छन्।
अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्म जीएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक घर्ती मगरले निर्माण गरेका हुन्। फिल्ममा श्रीकृष्ण बम मल्लको संगीत, उनका साथमा मेलिना राई र लक्ष्मी मल्लको स्वर, शिशिर बिशंखेको छाया“कन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ।
फिल्मको यसअघि सार्वजनिक गैराघरे काइ“ली बोलको गीतले लोकप्रियता कमाएको छ। भुनभुन माहुरीले पनि सोही लयलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।











प्रतिक्रिया