ओखलढुङ्गामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रमको तेस्रो त्रैमासिक समीक्षा सम्पन्न 

940
Shares

ओखलढुङ्गा। 

 ओखलढुङ्गा जिल्लामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रमको समीक्षा सम्पन्न भएको छ । कोशी प्रदेश सरकार, जिल्लाका स्थानीय सरकार, करुणा फाउण्डेसन र राष्ट्रिय अपाङ्ग महासङ्घ कोसी प्रदेशको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा यही सोमबारका दिन गरिएको हो। 

समीक्षा कार्यक्रममा कार्यक्रमका लागी कुल विनियोजित रकमको ५३ प्रतिशत खर्च भएको जानकारी गराइएको छ । जिल्लाको ८ वटा स्थानीय तहहरूमा खर्च गर्ने गरी २ करोड ६४ लाख ६५ हजार ५ सय ९२ विनियोजन गरिएकोमा १ करोड ४१ लाख १२ हजार २९७ खर्च गरिएको करुणा फाउण्डेसन नेपालका संयुक्त जिल्ला कार्यालय ओखलढुङ्गाका संयोजक जर्नादन सुवेदीले बताएका छन् । 

सबैभन्दा बढी  ३७ लाख ५९ हजार ९९० रकम विनियोजन गरिएको मानेभन्ज्याङ गाउँपालिकामा ६७ प्रतिशत २३ लाख ६४ हजार २ सय १५ रुपैयाँ खर्च गरिएको विवरण सार्वजनिक गरिएको छ । यसैगरी  सिद्धिचरण नगरपालिकामा ३७ लाख १७ हजार ५ सय ६० रुपैयाँ विनियोजन गरिएकोमा ६४ प्रतिशत २३ लाख ५७ हजार ९४४ रुपैयाँ खर्च गरिएको छ ।

 यसै गरी ३४ लाख २५ हजार ४५० रुपैयाँ विनियोजन गरेको खिजीदेम्बा गाउँपालिकाले ५२ प्रतिशत १७ लाख ६४ हजार ४ सय २९ रुपैयाँ खर्च गरेका छ । कुल २९ लाख ६४ हजार ६ सय रकम विनियोजन गरेको लिखु गाउँपालिकामा प्रतिशतको आधारमा सबै भन्दा धेरै ६७ प्रतिशत १९ लाख ९६ हजार ४ सय २४ रुपैयाँ खर्च गरिएको छ । 

जम्मा ३२ लाख २५ हजार ९ सय रुपैयाँ विनियोजन गरेको चम्पादेवी गाउँपालिकाले विनियोजित रकमको ३८ प्रतिशत मात्रै खर्च गरेको छ भने चिशंखुगढी गाउँपालिकाले २७ लाख २१ हजार २ सय ३० रुपैयाँको ६० प्रतिशत खर्च गरेको छ । 

सबै भन्दा कम खर्च गरेको मोलुङ गाउँपालिकाले ३१ लाख ९५ हजार ९९२ रुपैयाँको २९ प्रतिशत खर्च गर्दा विनियोजित रकम ३४ लाख ५४ हजार ८ सय ७० रुपैयाँको ५६ प्रतिशत खर्च गरेको छ । समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार जिल्लामा ४ हजार २ सय ५५ जान अपाङ्गता भएका ब्यक्तिहरू रहेका छन् । जस मध्य ३ सय १३ जनालाई विभिन्न सीप युक्त तालिम प्रदान गरिएको छ ।

 यसै गरी ३ सय जनालाई विभिन्न किसिमका सहायक सामाग्रीहरू वितरण गरिएको छ भने २ सय २३ जना महिलाहरूलाई गर्भ पूर्व फोलिक एसिड वितरण गरिएको करुण फाउण्डेसन नेपालका वरिष्ठ कार्यक्रम अधिकृत संयोग खतिवडाले बताउनु भएको छ ।

 जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न स्थानीय तहका उप प्रमुखहरू स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरू र मिलीजुली समूहका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।