काठमाडौँ।
स्याकार ट्रेडिङ कम्पनीले नेपालमा होण्डाका ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष्यसहित देशभर प्रिमियम सर्भिस सेन्टर विस्तार गर्ने घोषणा गरेको छ । पद्म ज्योति ग्रुपअन्तर्गत सञ्चालनमा रहेको कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गर्दै त्रिपुरेश्वर (पूर्व टेकुबाट स्थानान्तरण) र कान्तिपथस्थित ज्योति भवनमा रहेका दुई केन्द्रको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।
कार्यक्रममा होण्डाका उच्च अधिकारी तोसिओ कुवाहारा सहित स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योति र भाइस चेयरम्यान सुहृद ज्योतिको उपस्थिति रहेको थियो । कम्पनीले “पहिलेकै मूल्यमा प्रिमियम सर्भिस” अवधारणा अघि सार्दै ग्राहकलाई बिना अतिरिक्त लागत उच्चस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।











प्रतिक्रिया