नयाँ वर्षको अवसर पारेर फिल्म कार्की साईंलाको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। यससंगै निर्माण टिमले आगामी साउन १ गतेलाई फिल्मको रिलीज डेट घोषणा गरेको छ।
सार्वजनिक पोस्टरमा मुख्य अभिनेता जितु नेपाललाई भरियाको भूमिकामा प्रस्तुत गरिएको छ। उनले काँधमा बोकेको डोकोभित्र पहाडको दृश्य र त्यसैभित्र हिं हिँ हिँडिरहेका अन्य भरियाले फिल्मको कथावस्तुको संकेत गरेको छ। पोस्टरमा उडिरहेका चरा र प्राकृतिक पृष्ठभूमिले कथा ग्रामीण परिवेशमा आधारित रहेको झल्काउँछ।
पोस्टरको तल्लो भागमा एक प्रेमिल जोडीको दृश्य पनि छ, जहाँ एक युवती पुरुषको काँधमा टाउको राखेर उभिएकी छन्। यसले फिल्ममा प्रेमकथाको पाटो पनि रहेको जनाउ दिएको छ। जितु नेपाललाई यसअघि भन्दा फरक र आकर्षक लुकमा देखाइएको छ, जसले दर्शकमाझ उत्सुकता बढाएको छ।
हास्य भूमिकाबाट परिचित जितुलाई निर्देशक राजेन्द्र बस्नेतले यसपटक गम्भीर कथामा भरियाको चरित्रमा प्रस्तुत गरेका छन्। धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरा आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्ममा जितु नेपालसंगै प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटालगायतका कलाकारले अभिनय गरेका छन्।
कर्णबहादुर फिल्म्स् प्रालिको ब्यानरमा बालकुमार राईद्वारा निर्मित तथा कृष्ण भगत चाम्लिङद्वारा प्रस्तुत फिल्ममा संगीत दिप्सन लिम्बु, द्वन्द निर्देशन किरण दाहाल र छायांकन डम्बर राईको रहेको छ।
मालीमा विद्रोहीको भीषण हमला: आत्मघाती ट्रक बम विस्फोटमा रक्षामन्त्रीको मृत्यु
काठमाडौं । पश्चिम अफ्रिकी देश Mali मा विद्रोही समूहले गरेको भीषण आत्मघाती हमला पछि देशको सुरक्षा अवस्था झनै तनावपूर्ण बनेको छ। पछिल्लो अपडेट अनुसार राजधानी नजिकै सैन्य मुख्यालय लक्षित गरी ट्रक बम विस्फोट गराइएको थियो, जसमा मालीका रक्षामन्त्रीको मृत्यु भएको पुष्टि गरिएको छ।
स्थानीय सुरक्षा अधिकारीहरूका अनुसार विस्फोट अत्यन्त शक्तिशाली थियो, जसले भवनका संरचनामा ठूलो क्षति पुर्याउनुका साथै दर्जनौं सैनिक घाइते भएका छन्। केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।
प्रारम्भिक अनुसन्धानले घटनामा इस्लामिक उग्रवादी समूहहरूको संलग्नता हुन सक्ने संकेत गरेको छ। मालीमा पछिल्ला वर्षहरूमा यस्ता समूहहरूको गतिविधि बढ्दै गएको छ, विशेष गरी उत्तरी र मध्य क्षेत्रहरूमा विद्रोही हिंसा तीव्र बन्दै गएको छ।
सरकारले घटनापछि देशभर उच्च सतर्कता अपनाएको छ भने सुरक्षा निकायलाई ‘रेड अलर्ट’ मा राखिएको छ। साथै, अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य बढाउँदै आतंकवादी गतिविधि नियन्त्रण गर्न थप कदम चालिने जनाएको छ।
यस घटनाले मालीको राजनीतिक तथा सुरक्षा संकटलाई थप जटिल बनाएको विश्लेषकहरूले बताएका छन्। पछिल्लो समय सैनिक शासन, विद्रोही आक्रमण र अस्थिर राजनीतिक अवस्थाका कारण माली लगातार संकटमा रहँदै आएको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ भने सरकारले आधिकारिक रूपमा शोक घोषणा गर्ने तयारी गरेको छ।











प्रतिक्रिया