प्रकाशको ट्युन, स्वस्तिामाको सेन्टरलालिबजारको मै राम्री छु त नि


आगामी शुक्रवार रिलीजमा आउने फिल्म लालीबजारका लागि गायक तथा संगीतकार प्रकाश सपूतले तयार गरेको गीत मै राम्री छु त नीको छोटो अंश सार्वजनिक गरिएको छ।

षट्कोण आट्र्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा दीपिका बयम्बू मगरको स्वर रहेको छ भने कोरसमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकले साथ दिएका छन्। गीतमा शब्द र संगीत सपूतकै रहेको छ। सार्वजनिक अंशमा फिल्मकी मुख्य कलाकार स्वस्तिमा खड्कास“गै रवीन्द्र सिंह बानिया“, मुकुन्द श्रेष्ठ र जानकी कडायतलाई फिचर्ड गरिएको छ। कोरियोग्राफी प्रदीप लामाले गरेका हुन्। नारी सुन्दरताको प्रस्तुति रहेको गीतको भिडियोमा स्वस्तिमालाई केन्द्रमा राखिएको छ, जसको क्लिप सामाजिक सञ्जाल—टिकटक, फेसबुक रिल्स र युट्युब शट्र्समा प्रयोग हुन थालिसकेको छ।

गीतको पूरा संस्करण भने फिल्म रिलिजस“गै हल मैमात्र हेर्न सकिने निर्माण पक्षले जनाएको छ। यसअघि सार्वजनिक ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाएको थियो। युट्युब ट्रेन्डिङमा प्रवेश गर्न सफल ट्रेलर हाल मुभी चार्टतर्फ शीर्ष स्थान नजिकै टिकिरहेको छ। ट्रेलरमा स्वस्तिमास“गै रवीन्द्रसिंह बानिया, बालकलाकार समाइरा थापा र डेब्यु कलाकारद्वय प्रशंसा सुवेदी तथा विशाल देवकोटाको अभिनयलाई दर्शकले सकारात्मक रूपमा लिएका छन्।

फिल्म आमाछोरीको सम्बन्धमा आधारित छ र बादी समुदायमा विद्यमान नाथियाजस्तो कुप्रथाको कथा उठाइएको छ। छोरीको सुरक्षाका लागि आमाले गर्ने संघर्ष कथा केन्द्रमा राखिएको फिल्ममा स्वस्तिमा आमाको भूमिकामा देखिएकी छिन्।
षट्कोण आट्र्सले यसअघि जात्रा, जात्रै जात्रा, महापुरुष र महाजात्राजस्ता सफल फिल्म निर्माण गरिसकेको छ। यसपटक भने निर्देशनको जिम्मा यम थापाले सम्हालेका छन्। रज्जा रानी, हुर्रे र मेरी मामु निर्देशन गरिसकेका थापाले लालीबजारलाई पनि विषय प्रधान शैलीमा प्रस्तुत गरेका छन्।

फिल्मको पटकथा तथा संवाद निर्देशन थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका छन्। भट्टराई यस फिल्ममा कार्यकारी निर्माताको भूमिकामा छन् भने निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानिया“ हुन्।
बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा, रवीन्द्रसिंह बानिया“, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेललगायतका कलाकारले अभिनय गरेका छन् भने विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु पाएका छन्।