यम र सरिताको सधैँ तिमी


गायक यम बराल र गायिका सरिता भारतीको स्वरमा सधैँ तिमी बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ।
गीतको भिडियोले प्रेमी–प्रेमिकाबीचको मायासँगै सानो–सानो नोकझोकलाई रोचक ढंगले प्रस्तुत गरेको छ।

लोक लयमा आधारित गीतमा संगीत र संयोजन ओम सुनारको छ। गीतको भिडियो बंगलादेशको बोगुरास्थित पर्यटकीय क्षेत्रमा छायांकन गरिएको छ। फरक लोकेसन र दृश्य संयोजनले भिडियोमा नयाँपन थपेको छ। भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका तथा मोडल सरिता भारतीको जोडीलाई प्रस्तुत गरिएको छ।

विलक्षण क्रियसनको प्रस्तुति रहेको भिडियोमा छायांकन सरकार सुजन र सम्पादन वीरेन्द्र भाट ‘विपिन’ को छ। एसबी क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक गीतमा रचना र भिडियो निर्देशन डब्बु क्षत्रीको छ।