थापाथली सुकुम्बासी बस्तीमा डोजर पुगेपछि प्रहरीको माइकिङ, छिटो खाली गर्न आग्रह


काठमाडौं ।

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहानदेखि बस्ती खाली गराउने प्रक्रिया सुरु भएको छ। बिहान ८ बजेदेखि दुईवटा डोजर त्यहाँ पुगेका छन् भने महानगर प्रहरीले ठूलो संख्यामा उपस्थित भएर माइकिङमार्फत स्थानीयलाई बस्ती खाली गर्न आग्रह गरिरहेको छ।

प्रहरीले स्थानीयवासीलाई शान्तिपूर्ण रूपमा आफ्ना सामान निकाल्न सहयोग गरिरहेको जनाएको छ। हालसम्म डोजर प्रयोग गरेर भत्काउने कार्य भने सुरु भएको छैन। बस्ती खाली गराउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।