आजदेखि देशभर परालको आगो पायो उच्च शो


सामाजिक कथाको फिल्म परालको आगो आज शुक्रवारदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
दर्शनअघि नै फिल्मले उत्साहजनक माहोल बनाउदै अग्रिम टिकट बुकिङ खुला गरेको थियो, जसले ओपनिङलाई थप बलियो बनाएको छ। फिल्मको बुधवार बिहानदेखि देशभर उच्च मागका साथ अग्रिम टिकट बिक्री सुरु गरिएको थियो। प्रदर्शनको पहिलो दिनका लागि फिल्मले एक सयभन्दा बढी शो पाएको छ।

१ सय ३५ मिनेट रनटाइम रहेको फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ।
गुरुप्रसाद मैनालीको चर्चित कृतिबाट प्रेरित फिल्ममा सुहाना थापा, प्रकाश सपुत, सौगात मल्ल, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानिया“लगायतले अभिनय गरेका छन्। हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा सुशील पोखरेलद्वारा निर्मित फिल्ममा पटकथा र संवाद सुशील देवकोटा, गीत मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुत, संगीत शान्ति ठटाल, सत्य–स्वरूपआचार्य र प्रकाश सपुत, पाश्र्व संगीत किरण तुलाधर, भीएफएक्स समिर मिया र सत्यम् राना तथा सम्पादन साहिल खानको रहेको छ।