लोकप्रिय गायक रामकृष्ण ढकालद्वारा निर्मित फिल्म मालती मंगलेमा समावेश गीत झ्याम पारम हालै सार्वजनिक गरिएको छ। सुनैको सपनी र ढुंगामाथि लेऊ बोलका गीतले दर्शकको ध्यान खिचिसकेको फिल्मले डान्सिङ नम्बरमार्फत उत्साहलाई नया“ उचाइ दिएको छ।
रामकृष्ण ढकाल र मेलिना राईद्वारा स्वरबद्व गीतमा राजेन्द्र थापाको शब्द रचना, राजनराज शिवाकोटीको संगीत र श्यामश्वेत रसाइलीको एरेन्जमेन्ट छ, जसले गीतलाई श्रव्य रूपमा बलियो बनाएको छ। गीतको भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफीले विशेष आकर्षण थपेको छ। मुख्य कलाकार विजय बराल, वर्षा राउत र मेक्सम गौडेलस“गै सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्य गेस्ट अपियरन्समा देखि“दा गीतको भिडियोमा ऊर्जा भरिएको छ। सविन र एलिसाको नृत्यले भिडियोमा छुट्टै चमक दिएको छ।
प्रकु पाण्डेयको निर्देशनमा बनेको फिल्म रानी फिल्म्स्को ब्यानरमा युनि इन्टरटेन्मेन्टस“गको सहकार्यमा निर्माण भएको हो। कथा स्वयं निर्देशक पाण्डेयकै छ भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेको फिल्ममा विजय, वर्षा र मेक्समका साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज प“गेनी, सुस्मिता गुरुङ, सागर भट्टराईलगायतका कलाकारले अभिनय गरेका छन्।
सागर ज्ञवाली कार्यकारी निर्माता तथा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाई“ सह–निर्माता रहेको फिल्ममा महेश पौडेलको छाया“कन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक, डिकेश खड्गीको ध्वनि मिश्रण र रोमी मोजेजको सम्पादन रहेको छ। फिल्म आगामी वैशाख २५ गते अल नेपाल रिलिज हुनेछ।











प्रतिक्रिया