काठमाडौं ।
स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुन प्रतितोला रु ८०० ले घटेर रु तीन लाख पाँच हजार कायम भएको छ भने चाँदी प्रतितोला रु ३० ले घट्दै रु पाँच हजार १३० पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा दुवै धातुको मूल्य घटेको हो। मंगलबार सुन प्रतितोला रु तीन लाख एक हजार ३०० र चाँदी रु पाँच हजार १६० मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा पनि आज सुन र चाँदीको मूल्य क्रमशः प्रति औँस चार हजार ७५५ र ७७ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।











प्रतिक्रिया