ककाकिकी ः ४ पात्र, १ रहस्य


कमेडी दरबार टिमको नया फिल्म ककाकिकी आगामी भदौ १९ देखि रिलिजमा आउने भएको छ।
निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट तय गरेको हो।

पोस्टरले फिल्मबारे धेरै कुरा नखोले पनि जिज्ञासा भने बढाएको छ। पोष्टरमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठी क्यारेक्टर लुक्समा प्रस्तुत छन्। जहा“ उनीहरूको अनौठो गेटअपले कथाको रहस्यलाई झनै गहिरो बनाएको छ। हेर्दा साधारण नलाग्ने यी पात्रले फिल्मको कथावस्तु सस्पेन्समा आधारित रहेको संकेत गरेको छ।

फिल्म घोषणा हुदा नै सार्वजनिक गरिएको क्यारेक्टर पोस्टरले ककाकिकीलाई सुरुबाटै चर्चामा ल्याएको थियो। नया“ पोस्टरले त्यसलाई थप बल दिएको छ। बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गरेको फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोगलगायत कलाकारले अभिनय गरेका छन्। सुमन अग्रवालको कन्सेप्टमा बनेको फिल्मको कथा र पटकथा बिक्की अग्रवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले तयार पारेका छन्। छाया“कन सुदिप बरालको टिमले गरेको छ।