अमेरिकी गायक हत्या अभियोगमा पक्राउ


चर्चित गायक डेभिड एन्थोनी बर्क (स्टेज नामः डिफोरभिड) लाई हत्या आशंकामा अमेरिकाको लस एन्जलसबाट पक्राउ गरिएको छ। प्रहरीले उनलाई बिहीबार साझ करिब ४ः३० बजे हलिउडबाट नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार १४ वर्षीया किशोरी सेलेस्टे रिभास हर्नान्डेजको शव गायकको टेस्ला कारभित्र सडेको अवस्थामा फेला परेको थियो। उक्त गाडी हलिउड टो नामक स्थानमा सेप्टेम्बर ८, २०२५ मा राखिएको थियो, जहा“बाट दुर्गन्ध आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

सेलेस्टे सन् २०२४ मा इग्ल्यान्ड एम्पायर क्षेत्रबाट हराएकी थिइन् र त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी थिएन। शव भेटिएको एक दिनअघि उनको १५औ जन्मदिन थियो।

प्रहरीले डेभिड बर्कलाई हाल बिना जमानत हिरासतमा राखिएको एजेन्सीले जनाएका छन्। यो मुद्दा सोमबार लस एन्जलस काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पेश गरिने बताइएको छ। उनका वकिलहरूले उनले अझै औपचारिक आरोप नपाएको र आफूहरू उनको निर्दोषता प्रमाणित गर्न प्रतिबद्ध रहेको बताएका छन्। उनीहरूका अनुसार, उपलब्ध प्रमाणहरूले डेभिड बर्कले सेलेस्टेको हत्या नगरेको देखाउनेछ। मृतक किशोरीको परिवारस“ग सम्पर्क हुन नसकेको जनाइएको छ।