संगीत बजारमा नया भावनात्मक गीत म आफैलाई चिन्दै छु सार्वजनिक गरिएको छ।
गीतमा लोकप्रिय गायिका इन्दिरा जोशीको स्वर रहेको छ भने शब्द सीता सिम्खडाले लेखेकी हुन्। संगीतकार राज सागरको संगीत तथा सञ्जीव बराइलीको संगीत संयोजनले गीतलाई थप जीवन्त बनाएको छ।
गीतको भिडियोमा ख्याति प्रँप्त अभिनेत्री तथा नृत्यक कलाकार मिथिला शर्माको प्रभावशाली अभिनय छ। जसले गीतको भावलाई गहिरो रूपमा प्रस्तुत गरेको छ। गीतले आत्मपहिचान, संघर्ष र आफ्नै अस्तित्व खोज्ने यात्रालाई सशक्त रूपमा प्रस्तुत गरेको छ। जसले श्रोतालाई आफूभित्रको वास्तविकता खोज्न प्रेरित गर्छ।
निर्देशक हेम प्रभास अधिकारीको निर्देशनमा तयार गरिएको भिडियोमा छाया“कन अजय रेग्मीले गरेका हुन् भने सम्पादन नवीन घर्ती मगरले गरेका छन्। गीतको निर्माण गोविन्द सिम्खडाले गरेका हुन् भने गीतको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो।











प्रतिक्रिया