लालीबजार युट्युब ट्रेन्डिङमा नम्बर ३ मा


आगामी वैशाख १८ गते रिलिजमा आउने फिल्म लालीबजारको ट्रेलर छोटो समयमै युट्युबको ट्रेन्डिङमा प्रवेश गर्दै मुभी चार्टतर्फ नम्बर ३ मा उक्लिएको छ।

ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ। ट्रेलरले आमा र छोरीबीचको संवेदनशील सम्बन्धलाई केन्द्रमा राख्दै बादी समुदायको महिलाको जीवन, संघर्ष र बाध्यताको कथा प्रस्तुत गरेको छ। स्वस्तिमा खड्का बादी समुदायकी आमाको भूमिकामा देखिएकी छन्, जसले छोरीको सुरक्षाका लागि गर्ने संघर्षलाई प्रभावशाली ढंगले चित्रण गरिएको छ। ट्रेलरमा स्वस्तिमासंगै रवीन्द्र सिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, बालकलाकार समाइरा थापा, डेब्यु कलाकारद्वय प्रशंसा सुवेदी, विशाल देवकोटालगायतलाई प्रस्तुत गरिएको छ। उनीहरूको अभिनयलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेषगरी स्वस्तिमाको भूमिकाले प्रशंसा पाइरहेको छ। अभिनेत्री खड्काले लालीबजार आफ्नो करिअरकै विशेष फिल्म भएको जनाउँदै आमाको कथा प्रस्तुत गर्न पाउँदा उत्साहित भएको बताएकी छन्। अभिनेता रवीन्द्र सिंह बानियाँका अनुसार फिल्मले महिलाको जीवनका विभिन्न आयामलाई समेट्दै बाध्यता, विश्वास, संघर्ष र सफलताको कथा बोलेको छ।

फिल्मको कथा निर्देशक यम थापाले तयार पारेका छन्। षट्कोण आट्र्ससंगको छलफलका क्रममा उक्त कथा अघि बढाइएको हो। निर्देशक थापाले आफूले लामो समयदेखि देख्दै आएको विषयलाई फिल्मको स्वरूप दिएको जानकारी गराउँदै यसले समाजको एक महत्वपूर्ण पाटो उजागर गर्ने विश्वास व्यक्त गरेका छन्। पटकथा लगभग तयार भएपछि छायांकनस्थल अवलोकनका क्रममा निर्देशक प्रदीप भट्टराईले लालीबजार नाम प्रस्ताव गरेका थिए, जसमा सम्पूर्ण टिम सहमत भएको जनाइएको छ। फिल्मको कथा तथा निर्देशन यम थापाले गरेका छन् भने पटकथा र संवाद थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका छन्।

फिल्मका मायालाई के दिऊ“ म बैना र मिठो संसार शीर्षकका गीत सार्वजनिक भइसकेका छन्, जसले युट्युबस“गै टिकटक, रिल्स र शट्र्समा लोकप्रियता हासिल गरिरहेको छ। बर्दियाको राजापुरमा छाया“कन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानिया“, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरवल चौधरीलगायतका कलाकारले अभिनय गरेका छन्। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय क्षेत्रमा डेब्यु पाएका छन्। विशाल थियटरस“ग जोडिएका कलाकार हुन् भने प्रशंसा जेनजी पुस्ताकी चर्चित अनुहारका रूपमा परिचित छिन्।