कटारी गोल्डकप उपाधि नाईजेरियाली टोलीलाई

0
Shares

उदयपुर

उदयपुरको कटारीमा शनिबार सम्पन्न छैटौँ कटारी आमन्त्रित मेयर गोल्डकप प्रतियोगिताको उपाधि नाइजेरियाली टोलीले जितेको छ । नाइजेरियाको जष्ट जोन फुटबल क्लबले फाइनल खेलमा चात्यासा फुटबल क्लब झापालाई ४–० ले हराएको हो । विजेता टोलीले नगद ५ लाख प्राप्त गर्दा उपविजेताले ३ लाख नगद हासिल ग¥यो ।

नाइजेरियाली टोलीका लागि पहिलो हाफमा ओलाओए डेभिट , सुनकानी सोयन्का र ऐना जोह्नले एक एक गोल गरेका थिए । त्यसैगरी दोस्रो हाफमा डेमोला हमजादले गोल गरे ।

प्रतियोगितामा नाईजेरिया र भारतको द रिभर स्पोर्टिङ्ग क्लब सिक्किमसहित नेपालको ६ टोलीले प्रतिस्पर्धा गरेका थिए । फाईनलको प्लेयर अफ द म्याच र प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी नाईजेरियाली ओलाओए डेभिट घोषित भए ।

डिफेन्डर झापाका विशाल भण्डारी, सर्वाधिक गोलकर्ता प्रतियोगिता भरी २–२ गोल गरेका नाईजेरियाका डेमोला हमजाद र शलेस युथ क्लब, सिरहाका राज भुषाल, सर्वाेत्कृष्ट गोलरक्षक नाईजेरियाका डोडो अलु र उदीयमान खेलाडी आयोजक कटारी ११ का रिषभ धामी घोषित भए । उनीहरुलाई प्रतिविधा १० हजार प्रदान गरिएको थियो ।