अभिनेत्री प्रियंका कार्कीको फिल्म मास्टरनीको पहिलो झलक सार्वजनिक गरिएको छ।
भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको फिल्मको छायाकन काठमाडौं र पोखरामा १७ दिन लगाएर फिल्मको सुटिङ गरिएको निर्माण टिमले जनाएको छ।
क्राइम थ्रिलर तथा मर्डर मिस्ट्री जनरामा बनेको मास्टरनीमा अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा छिन्। उनको साथमा सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्लेलगायतलगयातका कलाकारले अभिनय गरेका छन् भने केही कलाकारलाई सरप्राइजका रूपमा राखिएको छ।
प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीद्वारा निर्मित फिल्ममा सुरक्षा सिंह मलहोत्रा कार्यकारी निर्माता रहेकी छन्। फिल्मको कथा स्वयं प्रियंकाले तयार पारेकी छन् भने स्क्रिप्ट सान बस्नेतले लेखेका छन्। स्क्रिनप्ले र संवाद प्रियंका र सानले तयार पारेका छन्। फिल्म आगामी भदौ १२ गते रिलिजमा ल्याइने भएको छ।











प्रतिक्रिया