सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा


काठमाडौं ।

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सम्बन्धी रिट खारेज गरेपछि निकटस्थ नेताहरूसँग आन्तरिक परामर्शमा जुटेका छन्। गोल्फुटारस्थित निवासमा शनिबार बिहानदेखि भइरहेको छलफलमा इन्द्रबहादुर बानियाँ, केदार कार्की लगायत नेताहरू सहभागी छन्।

छलफलपछि खड्काले आगामी राजनीतिक कदमबारे आइतबारसम्म औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। साथै, पार्टीका शीर्ष नेताहरूसँग पनि अनौपचारिक संवाद गर्ने योजना बनाइएको स्रोतले जनाएको छ।