काठमाडौ ।
सरकारले लागू गरेको आधा तौलको ग्यास सिलिन्डर वितरण नीतिका कारण ग्यास उद्योगमा समस्या देखिएको छ। बजारमा बिजुलीमा खाना पकाउने प्रवृत्ति बढ्नु र ग्यास खपत करिब ५० प्रतिशतले घट्नुले उद्योगीहरूलाई थप दबाब परेको छ।
आधा सिलिन्डर वितरण गर्दा खाली सिलिन्डर अभाव भएको र रिफिल गर्न नसक्दा ग्यास बुलेटमै थन्किन थालेको उद्योगीहरूको भनाइ छ। ढुवानी लागत भने उस्तै रहँदा व्यवसायीलाई आर्थिक भार बढेको छ।
नेपाल आयल निगमका अनुसार हाल ग्यासको आयातसमेत घटेको छ र बजारमा पर्याप्त मौज्दात रहेको छ। उद्योगीहरूले भने तत्कालका लागि पूर्ण तौलको सिलिन्डर वितरण गर्न अनुमति दिनुपर्ने माग गरेका छन्।











प्रतिक्रिया