त्रिभुवन आर्मी क्लबका खेलाडीलाई ‘जोमा स्पोर्टस’को साथ, दुई वर्षे प्रायोजन सम्झौता


काठमाडौं ।

त्रिभुवन आर्मी क्लबका फुटबल तथा भलिबल टोलीलाई लक्षित गर्दै स्पेनिश ब्रान्ड ‘जोमा स्पोर्टस’को आधिकारिक नेपाली सप्लायर्स गर्जियस इन्टरनेशनल प्रा. लि. र नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रबीच दुई वर्षका लागि प्रायोजन सम्झौता सम्पन्न भएको छ ।

२०८२ चैत ३० गते सम्पन्न उक्त सम्झौताअनुसार आगामी दुई वर्षसम्म त्रिभुवन आर्मी क्लबका फुटबल र भलिबल टोलीका खेलाडीहरूलाई आवश्यक खेल सामग्री तथा पोशाक ‘जोमा स्पोर्टस’मार्फत उपलब्ध गराइनेछ।

सम्झौताले नेपाली सेनाको खेलकुद विकासमा निजी क्षेत्रको सहभागिता थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। साथै, यस सहकार्यबाट खेलाडीहरूको प्रदर्शनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रले यस्ता सहकार्यहरूले खेलकुद क्षेत्रको व्यावसायिकता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।