काठमाडौं ।
मातातीर्थ औंसीका अवसरमा आज देशभर आमाप्रति श्रद्धा, भक्ति र सम्मान व्यक्त गर्दै आमाको मुख हेर्ने पर्व मनाइँदैछ। यस दिन छोराछोरीले आमालाई मीठा खानेकुरा खुवाउने, नयाँ लुगा लगाउने र उपहार दिई आशीर्वाद लिने चलन छ।
आमा नभएकाहरूले भने तर्पण, पीण्डदान तथा पुरोहितलाई भोजन गराई दिवंगत आमाको सम्झना गर्ने परम्परा रहेको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा विशेष मेला लागेको छ।











प्रतिक्रिया