छैटौै कटारी गोल्डकपःझापा फाईनलमा प्रवेश आयोजक कटारी पछि पर्‍यो

0
Shares

उदयपुर ।

उदयपुरको कटारीमा चैत्र २८गते शनिबारबाट शुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप नकाउट फुटबल प्रतियोगितामा आयोजक कटारीलाई पछि पार्दै चात्यासा फुटबल क्लब झापा फाइनल प्रवेश गरेको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा झापाले आयोजक कटारी ११ लाई ३–० गोलले पराजित गरेको छ भने ३–० अन्तरको सहज जित निकाल्दै फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

झापाका लागि सौरभ लिम्बुले पाँच मिनेट , विवेक पौडेलले १० मिनेट र पुजन चौधरीले ७० औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच झापाका सौरभ लिम्बु घोषित भए ।

उनलाई कटारी नगरपालिकाका पूर्व उपमेयर भिमकुमारी राउतले नगद पाँचहजारका साथमा ट्रफी र मेडल प्रदान गर्नुभयो ।
कटारी नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद रु पाँचलाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन । त्यसैगरी उपविजेताले नगद रु तीनलाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

आठ टिम सहभागी प्रतियोगिता आगामी वैशाख ५ गते सम्पन्न हुने समितिका अध्यक्ष दिपक राईले बताउनुभयो । प्रतियोगितामा भोलि जष्ट जोन फुटबल क्लव , नाईजेरिया र शहलेस फुटबल क्लबवीच अन्तिम सेमिफाईनलमा प्रतिष्पर्धा हुनेछ । नाईजेरिया र सिरहाको विजयी टिमले फाईनलमा उपाधिका लागि झापासँग प्रतिष्पर्धा गर्नेछ ।