पहाडी–हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ। 

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशभर मौसममा सामान्य परिवर्तन देखिएको छ। हिमाली क्षेत्रमा बदली, पहाडी भागमा आंशिक बादल र तराईमा भने मौसम मुख्यतया सफा रहेको छ।

कोशी प्रदेशका केही पहाडी स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ। आज पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा बदली र हल्का वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।