याँ वर्षमै सुन–चाँदीको मूल्य उकालो


काठमाडौँ ।

काठमाडौँमा नयाँ वर्ष २०८३ को पहिलो दिन नै सुन तथा चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ८०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन २ लाख ९६ हजार ७०० रुपैयाँ थियो।

त्यसैगरी, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५७ हजार ३० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्यमा पनि वृद्धि हुँदै आज प्रतितोला ५ हजार ६५ रुपैयाँ पुगेको छ, जुन हिजो ४ हजार ९०० रुपैयाँ थियो। १० ग्राम चाँदीको मूल्य भने ४ हजार ३४३ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।