काठमाडौँमा सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौँ ।

काठमाडौँमा आइतबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर २ लाख ९७ हजार १०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले वृद्धि भई ४ हजार ९७५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका आधारमा दैनिक रूपमा मूल्य निर्धारण हुँदै आएको महासंघले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।