सुनको भाउ १ हजारले घट्यो, चाँदी १५ रुपैयाँले बढ्यो


काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर २ लाख ५१ हजार ९ सय रुपैयाँमा पुगेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घटेपनि चाँदीमा भने वृद्धि भएको छ। चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ३ हजार ६ सय रुपैयाँ पुगेको छ। गत बुधबार चाँदीले ३ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड कायम गरेको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।