“जेनजी मन्त्री सूचीप्रति असन्तुष्टि : मिराज ढुङ्गानाको प्रश्न”


काठमाडौं ।

सरकारले जेनजी (Gen Z) को प्रतिनिधित्व हुने भन्दै मन्त्री बनाउने तयारी गरेको चार जनाको नाम सार्वजनिक भएपछि जेनजी अभियन्ता मिराज ढुङ्गाना लगायत अन्य अभियन्ताहरूले असन्तुष्टि जनाएका छन्।

ढुङ्गानाले “को जेनजी हो? कसले सिफारिस गर्‍यो?” भन्ने प्रश्न उठाउँदै छनोट प्रक्रिया र व्यक्तिहरूमाथि नै प्रश्न उठाएका छन्।

सरकारले रामजी रामलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई संस्कृति, बब्लु गुप्तालाई युवा, र टासी ल्हाजोमलाई महिला मन्त्रालयको जिम्मा दिने तयारी गरेको स्रोतले जनाएको छ।

चारै जना आ–आफ्ना क्षेत्रमा सक्रिय भए पनि उनीहरू जेनजीको सहमतिमा चयन भए कि भएनन् भन्नेबारे स्पष्ट छैन। प्रधानमन्त्री कार्कीले अन्य जेनजी युवाहरूलाई सचिवालयमा समेट्ने तयारी पनि गरिरहेकी छन्।