काठमाडौ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेदेखि काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सहभागी हुने भएका छन्।
पार्टी विभाजन गर्ने उद्देश्यले भेला आयोजना नगरिएको स्पष्ट पार्दै डा. कोइरालाले कार्यक्रममा सहभागी भएर पार्टी एकताका लागि आह्वान गर्ने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।
भेलामा कांग्रेसभित्र एकता, सहकार्य र संगठन सुदृढीकरणमा जोड दिइने बताइएको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि भदौ १ गतेसम्म हुने भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ। देउवा साउन २८ गते स्वदेश फर्किने तयारीमा छन्।











प्रतिक्रिया