काठमाडौँ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले शनिबार आयोजना गरेको मोटरसाइकल र्याली स्थगित गरेको छ।
शुक्रबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय युवा संघ नेपालले शनिबार आयोजना गरिएको मोटरसाइकल र्याली स्थगित गर्दै २४ घण्टाभित्र आइतबार यसका लागि स्वीकृति दिनुपर्ने भन्दै अल्टिमेटम दिएको हो ।
‘भोलिको शान्तिपूर्ण बाइक र्याली सरकारले रोकेको छ र हामीले स्वीकार गरेका छौँ, २४ घण्टामा आइतबार बाइक र्यालीको स्वीकृति दिन पनि सरकारलाई आह्वान गर्न चाहन्छौं’, संघका अध्यक्ष क्षितिज थेबेले भने ।











प्रतिक्रिया