काठमाडौँ ।
शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ भने चाँदीको मूल्य उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँ घटेर २ लाख ३५ हजार रुपैयाँमा झरेको छ। बिहीबार यसको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ थियो।
उता, चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले बढेर ३ हजार ८५ रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।











प्रतिक्रिया