काठमाडौं ।
देशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव र अन्य क्षेत्रमा कमजोर मनसुनी वायु सक्रिय रहेका कारण आज देशका केही स्थानमा मौसम बदली भएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही पहाडी क्षेत्रमा बिहानैदेखि हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश स्थानमा आंशिक बदली मात्र हुनेछ। कोशी, कर्णाली, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति कोशी र मधेससहितका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानको मौसम सामान्यतः सफा रहनेछ। केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।











प्रतिक्रिया