काठमाडौँ।
सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
मंगलबार भएको थुनछेक बहसपछि विशेष अदालतले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो। आफूमाथि मुद्दा दायर भएपछि गोल्छा मंगलबार विशेष अदालतमा उपस्थित भएका थिए।
अदालतमा सुरुमा उनको बकपत्र गराइएको थियो। त्यसपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले थुनामा नराखी धरौटीमा छाड्ने आदेश दिएको हो।
यसअघि पनि गोल्छाले अन्य दुई कसुरसम्बन्धी मुद्दामा गरी एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
जिल्ला अदालत काठमाडौंले गत साउन १२ गते बीमा क्षेत्रसँग सम्बन्धित कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले माग गरेको धरौटी रकम बुझाएपछि गोल्छा सोही दिन रिहा भएका थिए।











प्रतिक्रिया