काठमाडौं ।
जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै आयोगमा दबाब पत्र बुझाएको छ।
भदौ २३ गतेदेखि सुरु भएको आन्दोलन अन्तर्गत, अलायन्सले अख्तियारको वर्तमान नेतृत्वबाट निष्पक्ष र प्रभावकारी भ्रष्टाचार नियन्त्रण असम्भव भएको दाबी गर्दै राजीनाको माग गरेको हो।
दबाब पत्रमा प्रमुख आयुक्त राईको नियुक्ति संसदीय सुनुवाइ विना अध्यादेशमार्फत गरिएको, वाइडबडी प्रकरणमा मुछिएको, र कार्यशैली राजनीतिक पक्षपातपूर्ण रहेको आरोप लगाइएको छ।
देशभर ३९ जिल्लाका १२ समूहका प्रतिनिधिहरूको हस्ताक्षरसहित पत्र दर्ता गरिएको अलायन्सले जनाएको छ।












प्रतिक्रिया