हाउडे मायाको नारी मस्तीमा, सशक्तीकरण र व्यङ्ग्यको संगम


हिन्दु नारीहरूको महान पर्व तीजलाई लक्षित गर्दै गायिका सिर्जना खत्री ‘हाउडेमाया’ ले नारी मस्तीमा बोलको नयाँ गीत सार्वजनिक गरेकी छन्।
सिर्जना खत्रीकै स्वर, संगीत र कथा रहेको गीतमा मुकुन्द रुपाखेतीको संगीत रहेको छ। गीतले एकातर्फ तीजको रमाइलोपन, महिला उत्साह र सशक्तीकरणलाई उजागर गर्छ भने अर्कोतर्फ समाजमा व्याप्त देखावटी संस्कृति र विरोधाभासप्रति पनि व्यङ्ग्य गर्छ।

गीतमा समावेश लडाकु हौँ, सुनचाँदीको गोली गठ्ठा बोक्ने, दर खानलाई हि“ड्यौ“ हामी, कस्को हिम्मत रोक्ने? जस्ता पंक्तिले तीजमा फैलिएको तडकभडक, बनावटी प्रदर्शन र सामाजिक प्रतिस्पर्धामाथि सटिक व्यङ्ग्य गरेको छ। तीजलाई आत्मसात् गर्दै र परम्पराको नाममा फैलिएको बाह्य आडम्बरमाथि प्रश्न उठाउँदै ल्याइएको यो डान्सिङ शैलीको गीतले श्रोता तथा दर्शकको ध्यान खिचिरहेको छ।

गीतको भिडियोमा पनि गीतको भाव झल्किएको छ। भिडियोमा सिर्जना आफैँ दमदार रूपमा प्रस्तुत भएकी छन्। गीतको भिडियोमा नीतिन चन्दको निर्देशन, सियोन श्रेष्ठको कोरियोग्राफी, विनोद विष्टको छायांकन र सौखिन तिमल्सिनाको सम्पादन रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।