जनै हराएको मान्छेबाट मिरुनाको विश्वास


नायिका मिरुना मगरका फिल्म असफलभन्दा धेरै सफल छन्।
कबड्डी–४ फाइनल म्याच, जारी र नाङ्गो गाउ उनका हिट फिल्म हुन्। यी तीन फिल्मले हिटमा ह्याट्रिक गरे। रंगेली र मनसरा तुलनात्मक रूपमा सफल नभए पनि त्यसपछि आएका घरज्वाई र ऊनको स्वीटर फेरि पनि हिट भए। अब आगामी भदौ ६ गते जनै हराएको मान्छे : सम्बन्धका धागाहरू रिलिज भएपछि उनले फेरि दोस्रोपटक हिटमा ह्याट्रिक गर्लिन् त? जनै हराएको मान्छे : सम्बन्धका धागाहरू व्यापारिक रूपमा सफल भयो भने मिरुनाका लागि यो दोस्रो ह्याट्रिक हुनेछ।

आम नेपाली समाजको कथा, इमोसनल टच, अब्बल कलाकारको लाइनअप रहेकाले जनै हराएको मान्छे : सम्बन्धका धागाहरूबाट पनि उनले सफलताको अपेक्षा गरेकी छन्। ‘जसरी यसअघि सफल भएका फिल्ममा काम गर्दा पोजेटिभ भाइब्स आउथ्यो। यो फिल्म गर्दा पनि त्यस्तै महसुस भइरहेको छ’ मिरुनाको भनाइ छ ‘त्यसैले यो फिल्मबाट पनि धेरै आशा छ।’

हिमाल न्यौपानेले निर्देशन गरेको फिल्मको असोसियट निर्देशकमा प्रेमगीत ३ का अभिनेता मनिष राउत छन्। ‘यसले निम्न र मध्यम वर्गीय नेपालीको समस्या उजागर गर्छ। नेपाली दर्शकको मुड र रुचिअनुसार तयार गरिएको यो फिल्म सम्पूर्ण वर्गको प्रतिनिधि कथा बन्नेछ’ एसोसिएट निर्देशक राउत भन्छन्, ‘हाम्रो केही न केही हराएको हुन्छ, कहिले वस्तु, कहिले सम्बन्ध, कहिले अस्तित्व। यो कुनै समुदाय विशेषको मात्र नभई सबैको साझा कथा हो। त्यही भएर मिरुना मगरलाई फिल्ममा जोडेका हौ। उहामार्फत आम नेपालीले भोगेको समस्या फिल्मले देखाउछ।’

मिरुना मगरसगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतले अभिनय गरेको फिल्म पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन्। नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन कार्यकारी निर्माता रहेको फिल्ममा भानुभक्त ढकालको कथा, पटकथा र संवाद, थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत, नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।