छुल्ठिमसँग मुसक्क हासी लजाउने आनन्द


लोकप्रिय गायक आनन्द कार्कीको नयाँ गीत मुसुक्क हाँसी लजाउने बोलको गीत हालै भिडियोसहित सार्वजनिक गरिएको छ।
सो रोमान्टिक गीतमा आनन्द कार्की र म्यानमारका अनिलको शब्द रचना र संगीत रहेको छ। एक्बु तामाङको एरेन्ज रहेको गीतमाथि आकर्षक म्युजिक भिडियो निर्मँण गरिएको छ।

जसमा गायक आनन्द क्रियटिभ डाइरेक्टर रहेका छन्। आकर्षक स्थलहरूमा छायांकन गरिएको भिडियोमा गायक कार्कीका साथ मोडल तथा अभिनेता एसराज गराच, अभिनेत्रीहरू छुल्ठिम गुरुङ र साक्षी लम्सालले अभिनय गरेका छन्। बिरेन तितुङको निर्देशन रहेको भिडियोमा नाम्गेल लामा टाइगरको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ। भिडियो आनन्द कार्की युट्युब च्यानलमा सार्वजनिक गरिएको हो।

Skip This