संगीतमा दूरदेखि आएँ प्रिय


संवादविहीन मूक फिल्म ढुंगे युगका निर्देशक माधवराज खरेलले दूरदेखि आएँ प्रिय बोलको गीतमार्फत समाजका संवेदनशील पक्षमा चोटिलो प्रहार गरेका छन्।
दूरदेखि आएँ प्रिय, तिमी बस्ने शहरमा
आत्माहरू बिक्दा रैछन्, सफल हुने रहरमा।

खरेलको शब्द संयोजन रहेको गीतमा उपभोक्तावादी समाजमा रहेका मानिस विशेषतः माया प्रेमले परिपूर्ण आत्मा, कसरी व्यापारको वस्तु बन्न पुग्छ भन्ने आशय व्यक्त गरेका छन्।

डेभिड शंकरको स्वर रहेको गीतमा संगीत र संगीत संयोजन राजेन्द्र बजगाईंको रहेको छ। गीतको भिडियो उत्कृष्ट बनेको छ। गायक शंकरले अभिनय गरेको भिडियो पूजा ठकुरीले निर्देशन गरेकी छन्। भिडियोमा छायांकन युदिन योञ्जन, सम्पादन र कलर संयोजन विनोद बमको रहेको छ।

राजा रंक एउटै भए, तिम्रो नगरमा
मायालुले माया भुल्ने, यो शहरमा गीतले भन्छ।

Skip This