घनश्याम लामिछानेको निर्देशनमा तयार भएको फिल्म चित्रा अब अमेजन प्राइम भिडियोमार्फत हेर्न सकिने भएको छ।
२०८० सालको पुष २७ गते नेपालमा प्रदर्शनमा आएको फिल्म अब प्राइम भिडियोमा स्ट्रिमिङमा उपलब्ध छ। अमेजन प्राइम सदस्यता भएका दर्शकले जुनसुकै देशबाट पनि यो फिल्म हेर्न सक्नेछन्। फिल्मको हिन्दी डब संस्करणलाई रिलिज वर्डले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो। फिल्म ४३ भाषामा सबटाइटलसहित रिलिज गरिएको छ। यसअघि केही नेपाली फिल्म अमेजन प्राइम युके वा युएसए संस्करणमा मात्र सीमित थिए।
निर्देशक लामिछानेले आफूले निर्देशन गरेको फिल्म यसरी विश्वव्यापी रूपमा रिलिज भएको खबरले अत्यन्त उत्साहित बनाएको बताए। फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल, प्रकाश घिमिरेलगायतका कलाकारले अभिनय गरेका छन्।
प्रतिक्रिया