टुलिप फूलको आकर्षणका कारण यसलाई फूलहरुको रानी मानिन्छ। यहि फूलको कारण एक समय यूरोपको अर्थतन्त्र नै कोल्याप्स भएको थियो भन्ने थाहा पाउँदा भने धेरैलाई विश्वास नलाग्न पनि सक्छ।
यो फूल टर्कीबाट सन् १५५४ युरोपको भिएनामा पुगेको थियो। साह«ै राम्रो देखिने यो फूल धेरै फूल्दैनथ्यो र बिरुवा पनि निकै आकर्षक देखिने भएकाले यसको लोकप्रियता यूरोपभरि फैलिएको थियो। सत्रौ शताब्दीमा एम्सट्रडम शहर धनी परिवारको वास स्थानको रुपमा चर्चित थियो। जँहाका मानिसको पेशा हिराको व्यापार थियो। ती व्यापारीले असाध्यै रुचाएको यो फूललाई निक्कै महंगो मूल्य हालेर आफ्नो घरमा सजाउन थाले र यसको लोकप्रियता नेदरल्याड्समा पनि तुरुन्त फैलियो।

अत्याधकि मागका कारण उक्त फूल बजारमा सहजै पाउन छाड्यो र यसको मूल्य आकासियो। फूलको मूल्य भवष्यिमा अझै बढ्छ भन्ने सोचमा फूलका ब्यापारीहरुले टुलिप मात्र नभई टुलिप बल्ब (गाना) उत्पादकहरुसँग फुल्नु अघि नै खरिद गर्ने गरी सम्झौता गर्न थाले भने सो सम्झौतासमेत खरीद बिक्री हुन थाल्यो। अवस्था यस्तोसम्म भईदियो कि सन् १६३६ तिर राम्रो कमाउने व्यक्तिको वर्षभरीको कमाईबराबर एक टुलीप फूलको मूल्य हुन पुग्यो। यसको मूल्य बढेकाले मानिसहरुले आफ्नो घर जग्गा नै बेचेर यसमा लगानी गर्न थाले।
यहि क्रममा एउटा घटना भयो, जसका कारण अर्थतन्त्र नै डामाडोल हुन पुग्यो। सन् १९३७ मा एक व्यापारीको समूहले आफूले गरेको सम्झैताअनुसार टुलिप बल्ब लिन मानेन्। यस कारण अन्य व्यापारीले पनि आफ्नो टुलिप बल्ब नबिक्ला भनेर छिटोछिटो बेच्न थाले। फूलको मूल्यमा यति गिरावट आयो कि केहि समयमा नै यसको माग र मूल्य शून्यमा झ¥र्यो। जसका कारण मानिसहरुले आफ्नो सम्पूर्ण सम्पत्ति नै गुमाए।
यस्तो घटनालाई बित्तिय क्षेत्रको बबल एण्ड क्र्यास भनिन्छ। छिट्टै नाफा कमाउने उद्देश्यले उच्च मूल्यका धितोपत्र वा बस्तु खरिद गरी सो मूल्यलाई अस्वाभाविक मूल्यमा उचाईमा पुर्याउनुलाई बबल भनिन्छ भने केहि समयपश्चात मूल्य तिब्र रुपमा घट्नुलाई क्र्यास भनिन्छ। यसले देशको अर्थतन्त्रमा पनि गम्भीर असर पार्छ।
(एजेन्सी सहयोगमा)
प्रतिक्रिया