राजेन्द्र र विपनाले ल्याए तिम्रो यादमा


राजेन्द्र सुवाल र विपना शाक्यको स्वरमा तिम्रो यादको बोलको गीत राजधानीमा आयोजित एक कार्यक्रमका बीच हालै भिडियोसहित सार्वजनिक गरिएको छ।

बिआर प्रोडक्सनको प्रस्तुतिमा तयार पारिएको गीत र भिडियो फोटोग्राफर राजभाई सुवालेको मैतीदेवीस्थित क्रियटिभ डि स्टुडियोमा आयोजित कार्यक्रमका बीच गायक जुजुकाजी रञ्जितको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो।

पवन कुमार बुढाथोकीको शब्द रचना र बुद्ध सायमीको संगीत रहेको गीतको भिडियो सुरेन्द्र मानन्धर शिवानी बज्राचार्यले निर्देशन गरेका छन्। किरण जोशी र भिन्तुना जोशीले अभिनय गरेको इन्द्र मानन्धरले सम्पादन गरेका छन्। भिडियो अडियो नेपाल युट्युबमा अपलोड गरिएको छ।