काठमाडौँ।
गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो चरित्र हत्या हुने गरी फेसबुकमा स्ट्याटस लेखेको आरोप लगाएकी छन्।
शनिबार साँझ सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दे एक स्ट्याटस लेखेकी समीक्षाले महेश बस्नेत कुनै घटनाबाट आफूलाई चोख्याउन चरित्र हत्या गरेको आरोप लगाएकी हुन् । उनले बस्नेतको लेखाइले आफू अत्यन्त विक्षिप्त बनेको बताएकी छन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘ सम्माननीय प्रधानमन्त्रीज्यू, । हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो। तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु।’
उनले जनताको अदालत भन्दा ठूलो केही नभएको उल्लेख गर्दै उनले आफूलाई र आफ्नी डाक्टर छोरीलाई एकै ठाउँमा राखेर सोच्न बस्नेतलाई आग्रह गरेकी छन्।
प्रतिक्रिया