काठमाडौं।
नेपाली टी २० अन्तर्राष्ट्रिय (आई) क्रिकेटमा १ सय विकेट लिने करण केसी दोस्रो बलर बनेका छन् ।
मंगलबार स्कटल्यान्डका जर्ज मुन्सेको विकेट लिएर करणले सो उपलब्धि हासिल गरेका हुन् । सन्दीप लामिछाने यो उपलब्धि प्राप्त गर्ने पहिलो बलर हुन् । तर, करण टी २० आईमा १ सय विकेट लिने नेपालका पहिलो फास्ट बलर बनेका छन् । सन्दीप भने स्पिनर बलर हुन् । हालसम्म सन्दीपले ५९ खेल खेलेर १ सय १५ विकेट लिएका छन् । दोस्रो स्थानमा रहेका करणले ८० खेलमा १ सय १ विकेट प्राप्त गरेका छन् ।
स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालले पहिलो जित हासिल गरेको छ । नेपालले घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले हराएको थियो । यसअघि नेपालले सिरिजमा पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो । नेपालले आज नेदरल्यान्ड्ससँग खेल्नेछ ।
प्रतिक्रिया